काठमाडौँ
००:००:००
४ फाल्गुन २०८२, सोमबार

४ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुन: पक्राउ परेका छन्।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंलाई प्रहरीले सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार उनलाई पक्राउ गरेर परिसर ल्याइएको छ।

यसअघि पनि पटक-पटक पक्राउ पर्दै छुट्दै आएका प्रसाईं सोमबार पनि पक्राउ परे। यसअघि उनी २३ माघमा काठमाडौँको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए। हाजिर जमानीमा उनी २५ माघमा छुटेका थिए।

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन र सार्वजनिक शान्ति सुरक्षामा अनुसन्धान गर्न परिसरलाई पत्राचार गरेपछि प्रसाईंलाई पक्राउ गरिएको एपपी भट्टराईको भनाइ छ। उनीमाथि निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोप लगाइएको छ।