काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

१ असार २०८३
अ+
अ-

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको उतारचढावका कारण स्वचालित मूल्य प्रणालीअनुसार समायोजन हुन नसकेको अवस्थामा निगमले हालको खुद्रा बिक्रीमूल्य यथावत् राख्ने निर्णय गरेको हो।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिको १ असारमा बसेको बैठकले सोमबार मध्यराति १२:०१ बजेदेखि लागू हुनेगरी साबिककै मूल्य कायम राख्ने निर्णय गरेको प्रवक्ता मनोजकुमार ठकुरले बताए।

उनका अनुसार पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि २१६ रुपैयाँ र तेस्रो वर्गका लागि २१७ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा २२२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २२४ रुपैयाँ र तेस्रो वर्गमा २२५ रुपैयाँ प्रतिलिटर कायम छ।

निगमले देशका विभिन्न स्थानलाई तीन वर्गमा विभाजन गरी मूल्य निर्धारण गर्दै आएको छ। जसअनुसार काठमाडौं उपत्यका तेस्रो वर्गमा पर्छ।