सुनसरी। धरानमा सम्पन्न १४औँ धरान टेन-के रनको उपाधि नरेन्द्रसिंह रावत र सन्तोषी श्रेष्ठ हात पारेका छन्।
धरान १० (टेन-के) किलोमिटर रनमा रावतले ३१ मिनेट ५१ सेकेन्डमा दौड पूरा गरेका थिए। श्रेष्ठले ३७ मिनेट ३७ सेकेन्डमा पूरा गरेकी हुन्। उनहरूलाई नगद ६० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
पुरुषतर्फ जुलियस मर्युकी ३१ मिनेट ५८ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन्। महिलातर्फ पुष्प सेर्माले ४१ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पार गरिन्। उनीहरूलाई पुरस्कारस्वरूप नगद ४० हजार रुपैयाँ प्रदान गरिएको छ।
त्यसैगरी अमिर लिम्बू ३२ मिनेट ५० सेकेन्ड र प्रिया क्षेत्री ४२ मिनेट ३ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए। उनीहरूलाई ३० हजार रुपैयाँ प्रदान गरियो।