काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। युलेन्स स्कुलका ललितपुर र काठमाडौंका भवनहरूमा आगजनी गरिएको छ। खुलमटारस्थित आईबीडीबीको मुख्य भवन र पुरानो विद्यालय भवनमा आजगनी गरिएको हो।

त्यस्तै युलेन्स काठमाडौंको बाँसबारीस्थित भवनमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्। परराष्ट्रमन्त्री आरजु राणा देउवाको नाम लिँदै प्रदर्शनकारीहरूले दुवैतिरका भवनमा आगो लगाएका हुन्। देउवा युलेन्स स्कुलकी व्यवस्थापन समिति अध्यक्ष हुन्।

युलेन्स फाउन्डेसनले सञ्चालन गरेको युलेन्स स्कुल देशको नमुना स्कुलमध्येमा पर्छ। युलेन्सका प्रिन्सिपल मेदिनबहादुर लामिछानेले युलेन्स काठमाडौं र ललितपुर दुवैतिरका भवनमा प्रदर्शनकारीहरूले आगजनी गरेको बताए।