सेयर बजार
१०.३० अंकले बढेको नेप्से २६४८.९० विन्दुमा अडियो‚ आँखुखोला जलविद्युतको कारोबार सबैभन्दा बढी
काठमाडौँ। साताको चौथो कारोबार दिन आज (बुधबार) नेप्से १०.३० अंकले बढेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ।
अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ०.३९ प्रतिशतले बढ्दै २६४८.९० विन्दुमा अडिएको छ।
बुधबार सेन्सिटिभ इन्डेक्स पनि १.२० अंकले बढेर ४५४.५७ विन्दुमा रोकिएको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.२६ प्रतिशतले बढेको हो। नेप्सेमा बुधबार ३३३ कम्पनीको ४८ हजार ६४० पटकको कारोबारमा एक करोड चार लाख ५६ हजार ९८० कित्ता सेयर किनबेच भए।
जसमा अनुसार बुधाबार नेप्सेमा चार अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० रुपैयाँबराबरको कारोबार भयो। नेप्सेमा आइतबार ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ रुपैयाँबराबरको कारोबार भएको थियो भने सोमबार पाँच अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ रुपैयाँबराबरको कारोबार भएको थियो। यसैगरी हिजो (मंगलबार) भने चार अर्ब २३ करोड २४ लाख सात हजार ६१३ रुपैयाँबराबरको कारोबार भयो।
नेप्सेमा बुधबार १३ समूहको कारोबार भएकामा सबै १० समूहमा हरियाली छाउँदा तीन समूहका सूचक घटे। जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.२२ ता विकास बैंक ०.२१ प्रतिशतले बढ्यो भने फाइनान्स समूहको सूचक ०.२८ प्रतिशतले ओरालो लाग्यो।
यसैगरी होटेल तथा पर्यटन ०.४७‚ जलविद्युत् ०.३९‚ लगानी ०.३०‚ जीवन बिमा १.७९‚ उत्पादन तथा प्रशोधन ०.८३ तथा लघुवित्त समूह ०.१५ प्रतिशतले बढे भने म्युचुअल फन्ड समूह ०.०२ प्रतिशतले घट्यो।
यसैगरी निर्जीवन बिमा ०.१९ तथा अन्य ०.३३ प्रतिशतले बढ्दा व्यापार समूहको सूचक भने ०.८९ प्रतिशतले ओरालो लाग्यो।

नेप्सेमा बुधबार १५७ कम्पनीको सेयर मूल्य बढ्यो। ९० कम्पनीको सेयरमूल्य घट्दा १३ कम्पनीको भने स्थिर रह्यो।
दिनभर उतारचढाव भइरहेको नेप्सेमा बुधबार सबैभन्दा बढी साल्पा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले कमाए। यी दुवै कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो अर्थात् १० प्रतिशतले बढ्यो। साल्पाको सेयर मूल्य आइतबार र मंगलबार पनि पोजेटिभ सर्किट लागेको थियो भने सोमबार ९.९९ प्रतिशतले बढेको थियो। बुधबार साल्पाको अन्तिम कारोबार मूल्य ५३१ रुपैयाँ कायम रहँदा रिलायन्स स्पिनिङ मिल्सको अन्तिम कारोबार मूल्य भने ५१९ रुपैयाँ कायम रह्यो।
यसैगरी बुधबार हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ५.९८ प्रतिशतले सेयरमूल्य गुमाए।
बुधबार सबैभन्दा धेरै कारोबार हुनेमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड रह्यो। आँखुखोलाको आज २८ करोड ६९ लाख १९ हजार २७५ रुपैयाँको कारोबार भयो। यसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३५२ रुपैयाँ कायम रह्यो।