काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी गंगा दाहालको जलेको घरमा एउटा शव फेला परेको छ।
ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार ढोलाहिटीस्थित घरबाट शव फेला परेको हो। शव कसको हो चिन्न नसकिने अवस्थामा रहेको एसएसपी अधिकारीले बताए। “शव पुरुषको हो, तर पहिचान गर्न नसकिने अवस्थामा छ,” अधिकारीले भने।
कर्फ्यूपछि ललितपुरमा अहिले शान्तिपूर्ण रहेको अधिकारीले बताए। “प्रहरीका कार्यालयहरू जलेका छन्, प्रहरीहरू सबै सकुशल छन्, जिल्ला प्रहरी परिसर जोगाउन हम्मेहम्मे पर्यो,” अधिकारीले भने।