काठमाडौं। रामेछाप कारागारमा नेपाली सेनाले बिहीबार बिहान गोली चलाउँदा दुई कैदीको मृत्यु भएको छ।
जेल तोडेर भाग्न खोजेपछि सेनाले गोली चलाएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले नेपालन्युजलाई बताए। थापाका अनुसार १४ जना गोली लागेर घाइते छन्। उनीहरूको उपचार भइरहेको छ।