काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले संवेदनशील प्रणालीहरू सीमित कर्मचारीमार्फत सञ्चालन गर्न तथा अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवा थाल्न आग्रह गरेको हो। अन्य प्रणाली भने जोखिमको आधारमा रिमोट एक्सेसमार्फत सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन भनिएको छ।
अन्य प्रणालीको हकमा भने रिमोट एक्सेसमार्फत् सञ्चालन सञ्चालन गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ । साथै यससम्बन्धी सूचना आफ्नो वेभसाइटमार्फत् सार्वजनिक गर्न समेत राष्ट्र बैंकले भनेको छ ।
