दोस्रो हाफ सुरु हुनासाथ फाबियन रुइजले निर्णायक गोल
पेरिस सेन्ट। जर्मेन (पिएसजी) ले लिग १ को २०२५/२६ सिजनमा उत्कृष्ट सुरुवातलाई निरन्तरता दिँदै पहिलो घरेलु खेलमा अन्जेर्सलाई १–० ले पराजित गरेको छ। यस जितसँगै पेरिस क्लबले लगातार दोस्रो विजय हात पार्यो।
शुक्रबार राति भएको खेलमा निर्णायक गोल फाबियन रुइजले गरे। दोस्रो हाफ सुरु भएको केही क्षणमै देसिरे डोउकोले पठाएको क्रसलाई उनले नियन्त्रणमा लिएर प्रहार गर्दा पिएसजीले अग्रता कायम गर्यो।
पहिलो हाफमा भने पेरिसियन टोलीलाई अन्जेर्सको बलियो रक्षापंक्ति तोड्न निकै कठिनाइ भयो। २५औँ मिनेटमा जोआओ नेभेस बक्सभित्र फल हुँदा पिएसजीलाई पेनाल्टी मिल्यो, तर उस्मान डेम्बेलेको प्रहार पोस्टमा ठोक्किँदा सुन्दर मौका गुम्यो।
८३औँ मिनेटमा नुनो मेन्डेसको एकल प्रयासबाट आएको बललाई अन्जेर्सका गोलकिपर हर्वे कोफीले रोक्दा पिएसजीको अग्रता दोब्बर हुन सकेन। खेलको अन्त्यतिर फेरि फाबियनले गोल गर्ने मौका पाए पनि उनको शट पोस्टमा लागेर फर्कियो।
यसअघि सिजनको पहिलो खेलमै विजयी बनेको पिएसजीले अन्जेर्समाथिको कठिन जितसँगै नयाँ अभियानलाई लगातार दुई जितसहित उत्कृष्ट ढंगले अगाडि बढाएको छ।