वेस्ट ह्याम युनाइटेडलाई ५-१ ले पराजित गर्दै पहिलो जित
एजेन्सी। चेल्सीले प्रिमियर लिग २०२५/२६ को आफ्नो दोस्रो खेलमा वेस्ट ह्याम युनाइटेडलाई ५-१ ले पराजित गर्दै पहिलो जित हात पारेको छ। यसले पूर्व प्रशिक्षक ग्राहम पोटरमाथि दबाब बढाएको छ।
लन्डन स्टेडियममा वार्म-अपको क्रममा कोल पामर घाइते हुँदा चेल्सीले महत्वपूर्ण खेलाडी गुमाएको थियो। खेलको छैटौँ मिनेटमा लुकास पाक्वेताले उत्कृष्ट गोल गर्दै चेल्सीलाई सुरुवातमै पछाडि पुर्याए।
तर १५ औं मिनेटमा जाओ पेद्रोले बराबरी गोल गरे। त्यसपछि २३औँ मिनेटमा पेद्रो नेटोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। पहिलो हाफको ३४ औं मिनेटमा एनजो फर्नान्डेजले सजिलो ट्याप-इन गोल गर्दै चेल्सीलाई ३-१ को अग्रता दिलाए।
मध्यान्तरको समयमा वेस्ट ह्याम समर्थकहरूले आफ्नै टोलीलाई हुटिङ गरे। दोस्रो हाफमा मोइसेस काइसिडो (५४ औं मिनेट) र ट्रेभो चालोबाह (५८ औं मिनेट) ले गोल गर्दै चेल्सीको जित फराकिलो बनायो।
यस जितपछि चेल्सी चार अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने वेस्ट ह्याम दुई खेलपछि पुछारमा रह्यो।