काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

प्रतिनिधि सभा नियमावली अनुसार समितिमा सभापति निर्वाचन भदौ ११ गते बिहान हुने तयारी

९ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा रिक्त रहेको सभापति पदको निर्वाचन भदौ ११ गते बुधबार बिहान हुने तय भएको छ।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७६ (१) अनुसार निर्वाचन मिति तोकिएको संसद सचिवालयले जनाएको छ।

सोमबार महासचिव पदमप्रसाद पाण्डेले जारी गरेको सूचनामा निर्वाचनको समय निर्धारण गरिएको र सबै सांसदलाई जानकारीका लागि सूचना प्रकाशित गरिएको उल्लेख छ।

सभापति पद खाली हुँदा समितिको सञ्चालनमा असर नपरोस् भनेर निर्वाचन तयारी भइरहेको प्रतिनिधि सभा सचिवालयले जनाएका छन्।