काठमाडाैं। राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले निजामती सेवा विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो।
प्रतिनिधिसभाबाट पारित भइसकेको सो विधेयकमा निजामती सेवासम्बन्धी ऐन जारी भएको पहिलो वर्ष अवकाश उमेर ५८ वर्ष, दोस्रो वर्ष ५९ र तेस्रो वर्ष ६० वर्ष हुने व्यवस्था समितिले सदर गरेको हो।
बैठकमा सबै विषयमा सहमति भएपछि समिति सभापति तुलसा कुमारी दाहालले विधेयक सर्वसम्मत रूपमा पारित भएको घोषणा गरिन्।
साथै, उनले मंगलबार नै उक्त विधेयक राष्ट्रियसभामा पेश गर्ने र पारित गराउने जानकारी दिइन्।