काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१७ भाद्र २०८२
अ+
अ-

काबुल। अफगानिस्तानमा आइतबार राति गएको शक्तिशाली भूकम्पले ८०० भन्दा बढीको ज्यान लिएको छ र हजारौँ व्यक्ति घाइते भएका छन्।

यसैबीच भारतले प्रभावित समुदायका लागि सहयोग स्वरूप राहत सामग्री पठाएको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले सोमबार भूकम्पपीडित १,००० परिवारलाई तत्काल उपयोगी हुने पाल अफगानिस्तान पठाइएको जानकारी दिए।

त्यसैगरी, भारतीय दूतावासले भूकम्पपछि राजधानी काबुलबाट प्रभावित कुनार क्षेत्रमा करिब १५ टन खाद्यान्न आपूर्ति गरेको जनाएको छ।

भारतका विदेशमन्त्रीका अनुसार मंगलबार थप राहत सामग्री पनि पठाइनेछ। उनले भने, “भारत यो कठिन घडीमा अफगानिस्तानसँगै खडा छ।”