काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१७ भाद्र २०८२
अ+
अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन् । उनी थियाजिनको कार्यक्रम सकाएर रेलमार्गबाट बेइजिङ पुगेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

ओलीलाई चिनियाँ अधिकारीहरूले स्वागत गरेका छन्। बेइजिङमा ओली उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता गर्नेछन् र उपराष्ट्रपतिद्वारा आयोजना गरिएको रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ।

भ्रमणको अन्त्यमा प्रतिनिधिमण्डल भदौ १८ गते फासिवादविरुद्धको विश्वयुद्ध र जापानी आक्रमणविरुद्धको चिनियाँ जनताको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी भई नेपाल फर्कनेछ।