काठमाडौँ। जैविक विविधता र वातावरणीय सेवा सम्बन्धी अन्तरदेशिय वैज्ञानिक निकाय (आईपीविइएस)को दोश्रो विश्व प्रतिवेदन लेखन कार्यमा नेपालका वातावरण वैज्ञानिक उत्तमबाबु श्रेष्ठ चयन भएका छन्।
उनलाई आईपीविइएसको वहुआयामिक विज्ञ समुहले विश्वव्यापी रुपमा परेका आवेदनहरुबाट प्रतिवेदनको च्याप्टर दुईको समन्वयकारी मुल लेखक (कोर्डिनेटिङ लिट अर्थर) को रुपमा चयन गरेको हो।
जैविक विविधताको क्षेत्रमा वैज्ञानिक ज्ञान उत्पादनको लागि सन् २०१२ मा स्थापित आईपीविइएस जलवायु परिवर्तनको लागि वैज्ञानिक निकाय आईपीसीसी जस्तै अन्तरदेशिय निकाय हो। यसले जैविक विविधता सम्बन्धी विभिन्न संश्लेषणात्मक प्रतिवेदनहरु तयार पार्दछ, जसको आधारमा जैविक विविधता सम्बन्धी विश्वव्यापी रणनितिहरु तयार पारिन्छ।
अहिले तयार गरिन लागेको प्रतिवेदन लेखन सन् २०२८ मा सम्पन्न हुनेछ। त्यसमा समेटिएको सुझावको आधारमा सन् २०३० पछिको विश्वको जैविक विविधता संरक्षणको नयाँ रणनितिहरु तयार गरिने छ।
श्रेष्ठले यसअघि आईपीविइएसको पहिलो ग्लोवल मूंल्यांकन प्रतिवेदनमा फेलो तथा मुल लेखक र आईपीविइएसकै स्रोतको दिगो उपयोग प्रतिवेदनमा मुल लेखकको रुपमा छनौट भई काम गरिसकेका छन्।