चीन। चीनको विजय दिवसको परेडमा राष्ट्रपति सी चिनफिङले चीनले कुनै पनि धम्की वा दबाबबाट डर नमान्ने बताएका छन्।
उनले भाषणको सुरुवातमा भने, “हामी चीनको विजयको ८० औँ वार्षिकोत्सव मनाउन भेला भएका छौं। चीन कहिल्यै धम्कीबाट डराउँदैन।”
सीले चीनका नागरिकलाई इतिहास सम्झन र जापानविरुद्ध लडेका दिग्गजहरूलाई सम्मान गर्न पनि आग्रह गरे। उनले यो समयलाई ‘नयाँ यात्रा, नयाँ युग’को सुरुवात भएको उल्लेख गरेका छन्।
चीनले अहिलेसम्मकै ठूलो सैन्य परेड आयोजना गरेको यस कार्यक्रम दोस्रो विश्वयुद्धको अन्त्यमा जापानको आत्मसमर्पणको ८० औँ वार्षिकोत्सवको अवसरमा भएको हो।