काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२२ भाद्र २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौं। सरकारले दर्ता नभएका सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोधमा जेनजी पुस्ताले आयोजना गरेको सडक प्रदर्शनको पूर्वसन्ध्यामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्नो समर्थन जनाएका छन्।

शाहले आइतबार साँझ आफ्नो चर्चित गीत ‘बलिदान’ का केही अशं फेसबुकमा सेयर गर्दै प्रदर्शनप्रति समर्थन व्यक्त गरेका हुन्। उनले स्पष्ट पारे, “भोलीको र्‍याली स्वस्फूर्त रूपमा जेनजीहरूको हो, उनीहरू २८ वर्षमुनिका युवाहरू हुन्। म उमेर हदका कारण सहभागी हुन सक्दिन, तर उनीहरूको माग बुझ्न र समर्थन गर्न मेरो पूर्ण इच्छा छ।”

साथै उनले युवाहरूलाई कुनै पनि राजनीतिक दल, नेता वा कार्यकर्ता आफ्नो स्वार्थ पूरा गर्न नबाठो बन्न चेतावनी दिएका छन्। शाहले भने, “म उमेर हदबन्दीका कारण सहभागी हुन सक्दिन, तर उनीहरूको कुरा बुझ्नु जरुरी छ र मेरो भरपुर समर्थन छ।”

युवाहरूले सरकारले दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र देशमा बढिरहेको भ्रष्टाचारको विरोधमा सोमबार काठमाडौंको माइतीघर मण्डलासहित देशका प्रमुख सहरहरूमा प्रदर्शन गर्ने आह्वान गरेका छन्।