काठमाडौं। जेनजी पुस्ताले भदौ २३ गते माइतीघर मण्डलमा बिहान ११ बजे प्रदर्शन गर्ने भएका छन्।
भ्रष्टाचार, सामाजिक सञ्जाल बन्द, वंशवाद, बेरोजगारी र नागरिक अधिकार हननविरुद्ध उनीहरूले प्रदर्शन गर्न लागेका हुन् ।
उनीहरूले विद्यार्थी पोशाक, परिचय पत्र, एउटा किताब र एफोर साइजको खाली कागजसहित प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।
प्रधानमन्त्री भइसकेका व्यक्तिहरूमाथि लागेको भ्रष्टाचारको आरोपमा कानुनी कारबाही नहुँदा असन्तुष्टि बढिरहेको छ भने सामाजिक सञ्जाल टिकटकमा नेताहरू र उनका छोराछोरीको जीवनशैलीलाई लिएर समेत आलोचना भइरहेको छ।
नेपालमा अरू केही सामाजिक सञ्जाल बन्द भए तापनि टिकटक र भाइबर सञ्चालनमा रहेको बताइएको छ। जेनजी पुस्ताले देशमा सुशासन र रोजगारी सिर्जनाको वातावरणको माग गर्दै प्रदर्शन गर्ने तयारी गरेका छन्।