काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२२ भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जाललाई बन्द गर्नु समस्याको समाधान नभएको बताएका छन्। आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेका हुन्।

सांसद केसीले सामाजिक सञ्जाल अहिले नेपाली जनताको दुःखसुख साटासाट गर्ने प्रभावकारी माध्यम बनेको उल्लेख गरे। उनले सामाजिक सञ्जाललाई केवल राजनीतिक दृष्टिकोणले मात्र नहेर्न आग्रह गर्दै, विपद् सूचना सम्प्रेषणदेखि लिएर व्यक्तिगत सहयोग संकलनसम्म यसको उपयोगिता रहेको बताए।

‘सामाजिक सञ्जाल संसारभर दर्ता हुन्छ, तर नेपालमा मात्रै दर्ता हुन नसक्नु विडम्बनापूर्ण हो,’ उनले भने। साथै, आम नागरिकहरू सामाजिक सञ्जाल बन्द गरिएकोप्रति रुष्ट रहेको भन्दै यसको समाधान छिटो खोजिनु पर्ने आवश्यकता पनि उनले औंल्याए।

सांसद केसीले नियमनको खाँचो रहेको स्वीकार गर्दै, दमन होइन, समाधानमुखी नीति निर्माणमा जोड दिनुपर्ने बताए।