काठमाडौँ। नेपाली कांग्रेसका पदाधिकारीले एमालेसँगको सत्ता सहकार्य तोड्नुपर्ने विषयमा आवाज उठाएका छन्। आज साँझ सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा नेताहरूले सो विषयमा कुरा उठाएका हुन्।
बैठकको सुरूवातमै कुरा राख्दै महामन्त्री विश्वप्रकाश शर्माले सरकारबाट बाहिरिनुपर्ने दबाब रहेको बताएका थिए। उनले कांग्रेसका शुभचिन्तक तथा सदस्यहरूले दबाब दिएकाले सत्ता सहकार्यबारे सोच्नुपर्ने धारणा राखेका थिए।
नेता विमलेन्द्र निधिले पनि एमालेसँगको सत्ता सहकार्य तोड्नुपर्ने र नयाँ समिकरण बनाएर अघि बढ्नुपर्ने धारणा राखेको एक नेताले बताए।
‘अहिलेको सरकारबाट तत्कालै अलग हुनुपर्छ‚’ उनले भनेका थिए‚ ‘राष्ट्रिय तथा सर्वदलीय सरकार गठन गरौँ।’
सभापति देउवाले सात बुँदे सहमतीका कारण अहिल्यै एमालेसँगको सत्ता सहकार्य तोड्न नसकिने जवाफ दिएका थिए।