काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

३० असार २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। उखु किसानको रकम भुक्तानी नगरेको आरोपमा सर्लाहीस्थित अन्नपूर्ण चिनी मिलका सञ्चालक पक्राउ परेका छन्।

प्रहरीले अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता र उनका सहयोगी विनोद साहलाई पक्राउ गरेको हो।

२४ असारमै उनीहरूलाई पक्राउ गरी ठगी तथा आपराधिक लाभ लिएको कसुरमा अनुसन्धान थालिएको सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए।

उखु किसानहरूले दुवै जनाविरुद्ध गत वर्ष नै प्रहरीमा उजुरी दिएका थिए। अन्नपूर्ण चिनी मिलले उखु किसानको २२ करोड रुपैयाँ भुक्तानी नगरेको आरोप छ। “किसानको रकम भुक्तानी नगरेको आरोप छ। अहिले २२ करोड रुपैयाँ रहेको देखिन्छ। जाहेरी आउने क्रम जारी छ,” गौतमले भने।