काठमाडौं। काठमाडौंको नयाँ बानेश्वरमा जारी जेनजी आन्दोलनको क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ।
सिभिल अस्पतालका निर्देशक मोहनचन्द्र रेग्मीका अनुसार एक जनाको मृत्यु भएको हो। गोली लागेर घाइते भएका युवालाई उपचारको लागि सिभिल अस्पताल पुर्याइएको थियो।
अस्पतालका अनुसार घटनामा घाइते भएका ७०–८० जना प्रदर्शनकारीको उपचार भइरहेको छ। मृतकको परिचय भने हालसम्म खुलाइएको छैन।
अहिले घटनास्थल र अस्पताल परिसरमा प्रहरीको बाक्लो उपस्थित रहेको छ। यस सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ।