काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२५ भाद्र २०८२
अ+
अ-

काठमाडौं। जेन-जी आन्दोलनका कारण उत्पन्न परिस्थितिले बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सूचना जारी गर्दै विमानस्थल सञ्चालनमा आएको जानकारी गराएको हो।

प्राधिकरणले विमानस्थल आउँदा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनसमेत अनुरोध गरेको छ।

प्राधिकरणका अनुसार अपराह्न ४ बजेबाट विमानस्थल खुलेको हो। “अब सबै उडानहरू सुरु हुँदैछन्, विमानस्थल सामान्य अवस्थामा फर्किँदैछ,” प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने।