काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२६ भाद्र २०८२
अ+
अ-

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र अन्तरिम सरकारको प्रमुखमा प्रस्तावित पूर्वप्रधानन्यायधीश सुशीला कार्कीबीच अहिले छलफल चलिरहेको छ।

अन्तरिम सरकार गठनको प्रक्रियाका सम्बन्धमा तीनै पक्षबीच छलफल चलिरहेको नेपाली सेनाको उच्च स्रोतले नेपालन्युजलाई जानकारी दिएको छ।

राष्ट्रपति पौडेल शितल निवासमै बसेर छलफल गरिरहेका छन्। कानूनी र संवैधानिक परामर्शका लागि राष्ट्रपतिले आज साँझ केही संविधान र कानूनका जानकारहरुलाई पनि शितल निवास बाेलाएका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै दिउँसो एक सन्देश जारी गरेर लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्था कसरी कामय गर्न सकिन्छ भनेर विमर्शमा रहेको बताएका थिए।

उनले संवैधानिक दायरामै रहेर निकास निकाल्ने प्रयास भइरहेको बताएका थिए।