काठमाडौं। जेन-जी आन्दोलनका नाममा भएका आगजनी, लुटपाट लगायतका घटनाको तस्बिर र भिडियो पठाउन नेपाल प्रहरीले आग्रह गरेको छ। २३ र २४ भदाैमा काठमाडौं र देशका विभिन्न स्थानमा भएका विराेध प्रदर्शन तथा आन्दोलनका क्रममा भएका घटनाका तस्बिर र भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू पठाउन आग्रह गर्दै नेपाल प्रहरीले सूचना जारी गरेकाे हो।
जेन-जीका नाममा भएका प्रदर्शनका क्रममा विभिन्न नेताका घर, सरकारी कार्यालयका भवन, व्यापारिक प्रतिष्ठानका कार्यालयहरू जलाइएका थिए। यस्ता घटनामा संलग्नहरूलाई खाेजी गरेर कारबाही गर्न थालेकाे प्रहरीले घटनाका भिडियाे र तस्बिरहरू संकलन गरिरहेकाे छ।