काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेपाली सेनाले शुक्रबार राजधानीका तीन जिल्लामा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म जारी रहने सेनाले जनाएको छ।

सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार निषेधाज्ञामा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन। एम्बुलेन्स, शवबाहन, सुरक्षाकर्मी, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायत अत्यावश्यक कामका व्यक्तिहरूलाई आफ्नो परिचय पत्र बोकेर हिँडडुल गर्न दिइने सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए।

बिहान ७ देखि १० बजेसम्म सर्वसाधारणलाई घरासयी प्रयोजनका लागि सामग्री किनमेल गर्न रोक लगाइएको छैन। यस्तै, बेलुका ५ देखि ७ बजेसम्म सर्वसाधारणले आवश्यक सामग्री किनमेल गर्न सक्नेछन्।

बेलुका ७ बजेपछि भने कर्फ्यू जारी हुने सेनाले जनाएको छ। कर्फ्यू आदेश शनिबार बिहान ६ बजेसम्म जारी रहने बस्नेतले बताए।यद्यपि, सेनाले परिस्थिति हेरेर कर्फ्यू आदेश जारी गरिरहेको छ।

जेन-जी समूहको आन्दोलनका कारण देशव्यापी तोडफोड र आगजनी भएर परिस्थिति नियन्त्रणबाहिर गएपछि मंगलबार रातिदेखि सेनाले सुरक्षा स्थिति नियन्त्रणमा लिएको छ।