काठमाडौं। अन्तरिम सरकार प्रमुखमा नियुक्त सुशीला कार्कीको सपथ ९ बजेलाई सारिएको छ। राष्ट्रपति कार्यालयको सूचनाअनुसार सपथ ९ बजे हुने भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी प्रतिनिधिसहित विभिन्न सरोकारवालासँगको परामर्शपछि २७ भदौमा अन्तरिम सरकार प्रमुखमा पूर्वप्रधानन्यायधीश कार्कीलाई नियुक्त गरेका हुन्। सपथलगतै जेन-जीका प्रतिनिधिसँगको परामर्शमा अन्तरिम मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य सुरु हुनेछ।