काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले देशको गतिरोध अन्त्य गर्न संविधानको धारा ६१ को उपधारा ४ अनुसार राष्ट्रपति अघि बढ्नुपर्ने बताएका छन्। नेपालन्युजसँग कुरा गर्दै उनले वर्तमान परिस्थितिबाट देशलाई निकास दिन उक्त धारा अनुसार अघि बढ्नुपर्ने धारणा राखेका हुन्।

“संविधानको धारा ६१(४) को व्यवस्थाअनुसार संविधान जोगाउन राष्ट्रपति अगाडि बढ्नुपर्छ‚” उनले भने।

संविधानको धारा ६१ मा राष्ट्रपतिसम्बन्धी व्यवस्था गरिएको छ। उक्त धाराको उपधारा ४ मा ‘संविधानको पालना र संरक्ष‌ण गर्नु राष्ट्रपतिको कर्तव्य हुनेछ’ भनी उल्लेख गरिएको छ।

यस्तै नेता रिजालले जेन-जीको मागअनुसार सरकार गठन नभए देशलाई अर्को जोखिममा धकेल्ने काम हुने धारणा पनि राखे। “विभिन्न बहाना गरेर जेन-जीको माग सम्बोधन भएन भने अरूले चलखेल गर्नसक्छन्। त्यसले देशमा अरू भयावह अवस्था सिर्जना हुन्छ र त्यसको दुष्परिणाम देशले थेग्न सक्दैन हाम्रो नियन्त्रण बाहिर जान्छ‚” उनले भने।