काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२८ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकोमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिएकी छिन् ।

डङ्गोलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री कार्कीलाई यो अवसर केवल ऐतिहासिक र गौरवमय मात्र नभइ मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम क्षण भएको उल्लेख गरेकी छन् ।

‘नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुभएकोमा पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो तपाईंका लागि केवल ऐतिहासिक र गौरवमय क्षण मात्र होइन, अपितु बदलाको भावनाभन्दा माथि उठेर, जेन जीलगायत समस्त न्यायप्रेमी जनताको भावना अनुरुप मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम अवसर पनि हो।’

उनले भनेकी छिन्– ‘नेतृत्वले द्वन्द्वको सट्टा संवाद, विभाजनको स्थानमा एकता, निराशाको अन्त्य गरी आशाको सञ्चार र सुशासनको मार्गमा मुलुकलाई अगाडि बढाउनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु ।’