काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२९ भाद्र २०८२
तस्बिर : सामाजिक सञ्जाल
अ+
अ-

काठमाडौं। बौद्धस्थित भाटभटेनी सुपरमार्केटमा ६ वटा शव फेला परेको छ। जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए।

“जलेर खरानी भएको अवस्थामा ६ वटा शव फेला परेका हुन्,” बोहराले भने।

ती शवको पहिचान हुन सकेको छैन। आन्दोलनकारी वा भाटभटेनीका कामदार हुन् भन्नेबारे खुलिनसकेको बोहराले बताए।

जेन-जी आन्दोलनका क्रममा २४ भदौमा भाटभटेनीमा आगजनी गरिएको थियो।