काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२९ भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि जेन-जी प्रदर्शनमा क्रममा भएको आक्रमणको भर्त्सना गरेका छन्। उपसभापति खड्काले आज विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका हुन्।

‘अमानवीय र बर्बरतापूर्ण घटनाको भौतिक आक्रमण निन्दनीय र भर्त्सनायोग्य छ’, विज्ञप्तिमा लेखिएको छ।

उपसभापति खड्काले विज्ञप्तिमा संसद् विघटनको पनि भर्त्सना गरेका छन्। यसले संविधान र यसले प्रदत्त अधिकार पनि खोसिएको उनले स्पष्ट पारेका छन्। साथै उनले २३ र २४ गते भएको अराजक घटनाको छानबिन गर्न पनि माग गरेका छन्।