काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२९ भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज सात सय रुपैयाँले घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेर प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ थियो। त्यस्तै चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।