काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३० भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले युनिटी नेप-डब्ल्यूआई कपका लागि १६ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा गरेको छ।

टाेलीमा नेपाल ‘ए’ टिमबाट आसामसँगको सिरिजमा राम्रो प्रदर्शन गरेका आदिल आलमले नेपालको सिनियर टिममा पुनरागमन गरेका छन्। २ वर्षभन्दा लामो समय क्रिकेटबाट निलम्बनमा रहेका आदिलले ‘ए’ टिम हुँदै सिनियर टिममा परेका हुन्। 

नेपालले आउँदो असोज ११, १३ र १४ गते (सेप्टेम्बर २७, २९ र ३०) मा वेस्टइन्डिजविरुद्ध सिरिज खेल्ने छ। नेपाल र वेस्ट इन्डिजविरुद्धको खेल युएईमा हुनेछ। युएईको शारजाह क्रिकेट रंगशालामा नेपाल र वेस्ट इन्डिजले प्रतिस्पर्धा गर्ने छन्। क्यानले आइतबारमात्रै यो सिरिजको नाम युनिटी कप राखेको छ।

वेष्ट इन्डिजसँग खेल्ने नेपाली टोलीः 
रोहित पौडेल(कप्तान), दिपेन्द्र सिंह ऐरी(उपकप्तान), आशिफ शेख(विकेटकिपर), सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, मोहम्मद आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललितनारायण राजवंशी, सोमपाल कामी र साहब आलम