८ आश्विन २०८२
कांग्रेस सभापति शेरबहादुर देउवा। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन नचाहिने् भन्दै संस्थापन पक्षिय नेताहरूले हस्ताक्षर सहित सामूहिक विज्ञप्ति जारी गरेका छन्।

सभापति शेरबहादुर देउवा निकट नेताहरूले विशेष महाधिवेशनको विरोध गर्दै पार्टीभित्र आन्तरिक एकता हुनुपर्ने माग गरेका छन्। विशेष गरेर कांग्रेसभित्र अहिले शेखर-गगन समूहले विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै हस्ताक्षर अभियानै चलाएका छन्। त्यसलाई काउन्टर दिन देउवा समूहका नेताहरूले विज्ञप्ति जारी गरेका हुन्।

विज्ञप्ति मार्फत उनीहरूले पार्टी सभापति देउवा र उनकी पत्नी आरजू राणा देउवा पनि आक्रमणमा परेको धाइते अवस्थामा पार्टी एक हुनुपर्ने बेला विशेष महाधिवेशन मागिनु गलत भएको उल्लेख गरेका छन्। हस्ताक्षर गरेका उनीहरूले प्रतिनिधिसभा पुर्नस्थापना हुनुपर्ने माग पनि गरेका छन्।