८ आश्विन २०८२
अ+
अ-

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की शितलनिवास पुगेकी छन् । उनीहरूबीच भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयीक राजनीतिको विषयमा छलफल भएको छ । साथै‚ फागुन् २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको छ ।