काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने विषयमा प्रष्टोक्ति दिँदै अनुसन्धान गर्ने निकायले आवश्यक परे पक्राउ गर्ने बताएका छन।
बिहीबार मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले अनुसन्धान गर्ने निकायले आवश्यकता अनुसार पासपोर्ट रोक्का गर्ने, बयान लिने र पक्राउ गर्ने बताए ।
उनले आफू पनि जेन–जी आन्दोलनको माग बोकेर आएको व्यक्ति भएको उल्लेख गर्दै सो मुद्दा नबिर्सिने बताए। “हामी पनि त्यही सडकबाट आएका मान्छे हौं।
जेन–जीले उठाएको मुद्दा नै उठाएर हिँडेका हौं। भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा लडेर आएको मान्छेले जेन–जीको मुद्दा छोड्ने प्रश्नै उठ्दैन,” उनले भने।