काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि भ्रष्टाचार नगरेकाले नियोजित प्रहार भइरहेको दाबी गरेका छन्।
प्रेस चौतारी नेपालका पदाधिकारीहरूसँगको छलफलमा ओलीले भ्रष्टाचार नगर्नु नै आफ्नो “अपराध” ठहरिएको टिप्पणी गर्दै पछिल्ला गतिविधिहरूलाई अराजनीतिक, प्रतिशोधपूर्ण र सामाजिक सद्भावविरोधी भएको बताए।
ओलीले आफुले समाजमा शान्ति-सुव्यवस्था कायम गर्न हिंसाको वकालत गर्ने शक्तिहरूलाई राष्ट्रिय एकताको मूलधारमा ल्याएर देशलाइ द्वन्द्वबाट जोगाउनु पनि आफ्नो अर्को अपराध भएको दाबी गरे।
उनले सामाजिक सञ्जालमा देखिएको घृणा, र जेन–जीको नाममा भइरहेको आन्दोलनप्रति चिन्ता व्यक्त पत्रकारहरूलाई सत्यको पक्षमा दृढ उभिन आग्रह गरे । ओलीले शान्ति, कानुनी शासन र राष्ट्रिय एकताका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।