९ आश्विन २०८२
अ+
अ-

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’ का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकास, सुशासन र न्यायको मार्गमा अघि बढ्नुपर्ने बताएका छन् ।
भक्तपुरको गुण्डुमा प्रेस चौतारी नेपालका पदाधीकारीसँग आज भएको छलफलमा अध्यक्ष ओलीले लोकतन्त्र र दलीय व्यवस्थाको विकल्प नभएको उल्लेख गरे । उनले भने, “हामीले देश बचाउनु छ, देशमा सुशासन र विकास गरेर देशलाई अगाडि बढाउनुपर्नेछ ।” उनले अभिव्यक्ति स्वतन्त्रताको सबैले सम्मान गर्नुपर्ने धारणा राखे ।