१२ आश्विन २०८२
अ+
अ-

काठमाडौं। नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’लाई प्रहरी अतिरिक्त महानिरीक्षक ‘एआईजी’मा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समिति, सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआइजीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिले प्रहरी नियमावली, २०७१ ‘संशोधन सहित’को नियम २७ को उपनियम ‘४’ अनुसार चार डीआईजीलाई एआइजीमा बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए ।