काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। अविरल वर्षाका कारण विस्थापित नागरिकलाई राख्न ७० विद्यालयलाई सेल्टर बनाउन सकिने काठमाडौं महानगरले जनाएको छ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले सामाजिक सञ्जाल फेसबुकमार्फक उक्त कुरा जानकारी दिएका हुन्। उनले लेखेका छन्, “हालसम्म काठमाडौँ महानगरपालिकाभित्रका ५ वटा विद्यालयमा

बाढीको जोखिममा रहेका बस्तीका मानिसहरू बसिरहेका छन्। महानगरपालिकाको शिक्षा विभागले महानगरभित्रका ७० वटा विद्यालयमा तत्कालका लागि आश्रयस्थल (सेल्टर) व्यवस्था गर्न सकिने जनाएको छ। उनीहरूका लागि खाने र बस्ने व्यवस्था महानगरपालिकाले गरिरहेको छ।”

नगरप्रमुख साहका अनुसार विश्व निकेतन, त्रिपुरेश्वरमा ७० जना बसिरहेका छन्। त्यस्तै गुह्येश्वरीमा ५२ जना, जन विकास, कुलेश्वरमा ५२ परिवारका २५१ जना बसिरहेका छन् भने महेन्द्र सरस्वती आधारभूत विद्यालय, टेकुमा २० जना वर्षा विस्थापितलाई राखिएको छ।

उनले कुनै आपतकालीन समस्या परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरूः १६६००१०५५११, ०१५९०१७६४ र ०१५९०१७६३ मा सम्पर्क गर्नसमेत आव्हान गरेका छन्।