काठमाडौँ। रातिदेखि जारी अविरल वर्षामा मधेशका तीन जिल्ला बारा, पर्सा र रौतहट अति भारी वर्षा भएको छ।
पछिल्लो १२ घण्टामा कलैया, वीरगन्ज र गौरमा २ सय मिलिमिटर भन्दा बढी वर्षा मापन गरिएको छ। सबैभन्दा बाढी रौतहटको गौरमा २ सय १२ मिलिमिटर, बाराको कलैयास्थित मापन केन्द्रमा २ सय ३ मिलिमिटर वर्ष मापन गरिएको छ। त्यसैगरी वीरगन्जमा २ सय मिलिमिटर वर्षा मापन गरिएको छ। रौतहटको महेशपुरमा २ सय ५ मिलिमिटर मापन गरिएको छ।
पछिल्लो ६ घण्टामा मात्रै गौरमा १ सय ५९ मिलिमिटर वर्षा भएको छ। साेही अवधीमा वीरगन्जमा एक सय ३६ र कलैयामा १४९ मिलिमिटर वर्षा मापन भएको हो।