काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

१८ आश्विन २०८२
अ+
अ-

काठमाडौं। अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि ६ विकेटले विजयी भएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले मलेसियाले दिएको ९२ रनको सामान्य लक्ष्य नेपालले १६.२ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि पूजा महतोले ३९, कप्तान इन्दु बर्माले अविजित २७, पूजा पोदारले १५ रन र रुविना क्षेत्रीले अविजित ८ रन बनाइन्। सम्झना खड्का र कविता कुवँर शून्य रनमा आउट भए।

त्यसअघि मलेसियाले २० ओभरमा चार विकेट गुमाएर ९१ रन मात्रै बनाएको थियो। मलेसियाका लागि आइना हमिजाले अविजित ५० रन तथा कप्तान विनिफ्रेड दुरासिंघमले १५ रन बनाइन् । नेपालकी सोमु विष्टले दुई तथा कविता कुँवरले एक विकेट लिए।

नेपाल यसअघिको पहिलो खेलमा तीन रनले पराजित भएको थियो । योसँगै पाँच खेलको शृंखला एक-एकको बराबरीमा भएको छ । नेपालले तेस्रो खेल आइतबार खेल्नेछ।