काठमाडौं। गए रातिदेखि निरन्तर वर्षापछि काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको छ।
सो सडक छेउका घरहरू जोखिममा पर्न सक्ने सम्भावना बढेको काठमाडौं महानगरपालिकाले जनाएको छ। “अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको छ” महानगरपालिका भनेको छ ।
महानगरपालिकाले कुनै पनि बस्तीमा डुबानको कारण समस्या उत्पन्न भएमा नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको जनाएको छ ।
काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा खटिएका छन् ।