काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले २० जिल्लामा अति उच्च जोखिम रहेको भन्दै रेर्ड अलर्ट जारी गरेको छ।

कोसी प्रदेशदेखि लुम्बिनी प्रदेसम्म अति भारी वर्षा भइरहेको हुँदा विभिन्न जिल्लामा बाढी र डुबानको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ।

विभागका अनुसार, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धुनषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपु, मकवानपुर, चितवन र आसपासका जिल्लाहरुका अति उच्च जोखिमको सम्भावना रहेको छ।

यी जिल्लाका तटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन पनि विभागले भनेको छ।

बंगालको खाडीमा विकसित भएको न्युन चापीय मौसम प्रणाली भारतको ओडिसाबाट मध्यभारततर्फ सर्ने क्रममा रहेको र यो प्रणालीको कारण जलवाष्पयुक्त मनसुनी वायु नेपालमा प्रवेश गरेकाले शुक्रबार साँझदेखि भारी वर्षा भइरहेको छ।