काठमाडौँ। दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परेर देशभर मृत्यु हुनेको संख्या ५२ पुगेको छ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले दिएको सूचना अनुसार अझै सात जना वेपत्ता छन्।
बाढी, पहिरो, चट्याङ र सडक दुर्घटनासहितका विपद्का घटनाबाट ५३ जनाले ज्यान गुमाएका हुन्। २९ जना घाइते भएका छन्।
यस पटकको वर्षाले सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको छ। इलाममा मात्रै पहिरोमा परेर ३७ जनाले ज्यान गुमाएका छन। सशस्त्र प्रहरी प्रधान कार्यालयको अभिलेख अनुसार कोशीका अन्य जिल्लामा १२ जनाको मृत्यु भएको छ। कोशीमा १ जना अझै बेपत्ता छन् भने १७ जना घाइते् छन्।
मधेश प्रदेशमा पनि क्षति पुगेको छ। रौतहटमा चट्याङबाट ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते छन्। बारामा बेपत्ता १ जनाको खोजीकार्य जारी छ।
बागमती प्रदेशमा ४ घाइते भएका छन् भने ४ जना बेपत्ता छन्।
सुदुरपश्चिम प्रदेशमा पनि ८ जना घाइते भएका छन्।