काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ आश्विन २०८२
अ+
अ-

काठमाडौ उपत्यकामा ठूलो वर्षाको संकट अहिलेका लागि टरेको मौसमविद्हरुले बताएका छन्। काठमाडौमा आज विहानैदेखि वर्षा रोकिएको छ।

तर, वर्षा गराउने प्रणाली भने कोसी प्रदेशतिर सरेको छ। कोसी प्रदेशका जिल्लामा भने भारी वर्षा हुन सक्ने भएकाले उच्च सावधानी अपनाउनु पर्ने मौसमविद्हरुले बताएका छन्।

वरिष्ठ मौसमविद मीनकुमार अर्यालका अनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठूलो वर्षा पार्ने प्रणाली कमजोर भइसकेको छ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव भने अझै कायम छ। अहिले वर्षाको मुख्य प्रणाली कोशी प्रदेशतिर सरिसकेको उनले बताए।