काठमाडौं। शनिबारको अरिवल वर्षापछि काठमाडौं जिल्लाको विभिन्न स्थान डुबानमा परेपनि कुनै आइतबार बिहानसम्म मानवीय क्षति नभएको स्थानीय प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार आइतबार बिहानसम्म पानीको कारण मानवीय क्षति नभएको बताए।
बाढीको पानी घटेपनि सबै निकायहरु अझै पनि हाइ अलर्टमै रहेको प्रशासनले जनाएको छ । “सुरक्षाकर्मी र उद्दार टोली अहिले जोखिम क्षेत्रमा स्ट्यान्डबाई अवस्थमा राखिएको छ” रिजालले भने, “हामी अझै हाइ अलर्टमै छौं ।” प्रशासनले डुबानको जोखिम क्षेत्रमा रहेका ४ सय मानिसलाई सुरक्षित स्थलमा सारिएको छ।
उनीहरुलाई विभिन्न स्थानका सार्वजनिक भवनहरुमा राखिएको छ। उनीहरुलाई नदी किनाराका अव्यवस्थित बस्तीहरुलाबाट सुरक्षित स्थालमा सारिएको हो। नदीहरुको जल सतहको निरन्तर रुपमा अनुगमन गरिरहेको प्रशासनले जनाएको छ।
“नदीको सतह स्थीर छ र केही स्थानमा जल स्तर घटेको पनि छ ।” काठमाडौं उपत्यकामा शनिबार अविरल वर्षा भएको थियो । पछिल्लो २४ घण्टामा सुन्दरीजल क्षेत्रमा १ सय ५० मिलिमिटर वर्षा भएको थियो। काठमाडौंको विभिन्न स्थानमा रहेको मापन केन्द्रहरुमा एक सय मिलिमिटरको आसपास वर्षा मापन गरिएको छ ।