काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरान र भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई टोलीसँग खेल हुने जानकारी दिएको हो। मैत्रीपूर्ण खेल भारतको सिलोङमा हुने एन्फाले जनाएको छ। नेपालले २४ अक्टोबरमा इरानसँग खेल्नेछ। त्यसको तीन दिनपछि भारतसँग नेपालले खेल्ने एन्फाले जनाएको छ।
यसअघि नै नेपालले भारतसँग खेल्ने तय भइसकेको थियो। उक्त खेल सिक्किममा हुने एन्फाले जानकारी दिएको थियो। सो खेलका लागि मुख्य प्रशिक्षक नवीन न्यौपानेले बन्द प्रशिक्षण गराइरहेका छन्।