पुष्पकमल दाहालले ३४ र केपी शर्मा ओलीले २७ जना बढी राखेका थिए सुरक्षाकर्मी
काठमाडौँ। गृह मन्त्रालयले दुईजना पूर्वप्रधानमन्त्रीले मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी खोस्ने निर्णय गरेको छ। गृह मन्त्रालयले बिहीबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र केपी शर्मा ओलीले मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको हो।
गृहका एक अधिकारीका अनुसार दाहालले मापदण्डभन्दा बढी ३४ र ओलीले २७ जना सुरक्षाकर्मी राखेको पाइएको छ। “मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय तुरुन्तै कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई लेखी पठाइने छ,” ती अधिकारीले नेपालन्युजसँग भने।
पूर्वप्रधानमन्त्रीको सुरक्षामा सरकारले सशस्त्र र नेपाल प्रहरीका अलग अलग टोली खटाउने गरेको छ।