२३ आश्विन २०८२
अ+
अ-

काठमाडौं। एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले आज भियतनामसँग खेल्दै छ ।

हो चिन मिन्हको गो डौ रंगशालामा खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ। भियतनाम र नेपालबीच अहिलेसम्म दुई खेल भएको छ।

भियतनाम र नेपालबीच अहिलेसम्म दुई खेल भएको छ। यी दुवै खेल सन् २००४ एसियन कप छनोट प्रतियोगिताको दोस्रो चरणमा भएका थिए। दक्षिण कोरियाको इन्चोनमा भएको पहिलो लेगमा भियतनाम ५-० ले विजयी भएको थियो। त्यसपछि ओमानको मस्कटमा भएको दोस्रो लेगमा पनि नेपालले २-० को पराजय व्यहाेरेको थियो। २२ वर्षपछि यी दुई फेरि आमनेसामने हुन लागेका हुन्।

छनोट प्रतियोगिताको पछिल्लो खेलमा नेपाल गत जुनमा लाओससँग २-१ ले हारेको थियो। त्यसअघि पहिलो खेलमा मलेसियाले नेपाललाई २–० ले हराएको थियो। लगातार दोस्रो हारसँगै नेपाल अंकतालिकाको पुछारमा छ।